काठमाडौं ।
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्दै गएको छ । आज मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ । यसअघि आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तथा सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँ कायम भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??