काठमाडौं ।
आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु भएको छ । गत आर्थिक वर्षको पूरा हिसाब किताब भने आउन बाँकी रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । गएरातीदेखि सकिएको आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रका बाह्य सूचकहरु बलिया रहे ।
राज्यका सबैखाले हिसाब किताब आजदेखि नयाँ खातामा सुरु हुने गर्दछ । विदेशी विनिमय संचिति १९ खर्ब ३७ अर्ब बढी छ भने सोधानान्तर स्थिति दुई खर्ब भन्दा बढी बचतमा छ । तर राजस्व संकलन, पुंजीगत खर्च, विदेशी अनुदानको अवस्था भने न्यून देखिएको छ ।
नीतिगत भ्रष्ट्रचार, वित्तिय अनुशासन, राजस्व चुहावट नियन्त्रणमा ढिलासुस्ती चुनौतिका विषय रहेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??