spot_img
spot_img
spot_img

न्युजिल्यान्डकाे समुद्री तटमा अति दुर्लभ प्रजातिको ह्वेल माछा मृत अवस्थामा भेटियो

spot_img

काठमाण्डौ ।

न्युजिल्यान्डकाे समुद्री तटमा अति दुर्लभ प्रजातिको ह्वेल माछा मृत अवस्थामा भेटिएको छ । वैज्ञानिकहरूका अनुसार बेल्चा आकारको दाँत भएको दुर्लभ ह्वेलको मृत शरीर न्युजिल्यान्डको समुद्री तटमा डुबेको देखिएको समाचार संस्था एएफपीले जनाएको छ ।

यस्तो ह्वेल अहिलेसम्म जीवित अवस्थामा कहिल्यै देखिएको थिएन । सरकारी अनुसन्धानकर्ताहरूले यही जुलाई ४ तारिखमा दक्षिणी ओटागो प्रान्तमा पाँच मिटर लामो ह्वेलको मृत शरीर भेटाएका थिए । न्युजिल्यान्डको संरक्षण विभाग र राष्ट्रिय सङ्ग्रहालयका समुद्री स्तनधारी विज्ञहरूले यसलाई बेल्चा आकारको दाँत भएको भाले ह्वेल भएको बताएका छन् ।

वैज्ञानिकहरूले यसको वर्गीकरण पुष्टि गर्न डीएनए अनुसन्धान शुरु गरिएको बताएका छन् । तर डीएनए परीक्षण गर्न र पहिचान पुष्टि गर्न धेरै हप्ता वा महिना लाग्न सक्छ । बेल्चा आकारका दाँत भएका ह्वेलहरू आधुनिक समयका सबैभन्दा कम देखिने ठूला स्तनधारी प्रजातिहरूमध्ये एक भएको संरक्षण विभागका प्रबन्धक गेब डेविसले बताउनुभएको छ ।

सन् १८०० सय पछि यस्ता छ वटा मात्रै ह्वेलको नमुना भेटिएको छ । छमध्ये पाँच वटा नमुना न्युजिल्यान्डमै भेटिएका थिए । ह्वेलको यो प्रजाति निकै दुर्लभ भएकाले यसको बारेमा निकै कम जानकारी रहेको खबरमा उल्लेख छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img