काठमाण्डौ ।
आज सुनको मूल्य तोलामा २ हजार बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य दिनप्रतिदिन बढ्दै जादा दिन कै नयाँ रेकर्ड बन्दै गएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??