spot_img
spot_img
spot_img

अहिलेसम्म १७ जनाको शव फेला

spot_img

काठमाण्डौ ।

सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको हो ।

दुबै शवको सनाखत भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका– ६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चन्द्रपुर नगरपालिका– १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेको प्रहरीको भनाई छ ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ । आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । हराइरहेकाहरुको अत्याधुनिक प्रविधिद्धारा खोजि भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img