काठमाण्डौ ।
पहिरोले जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन् । जाजरकोटका कुशे गाउँपालिका– ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा स्थानीय ३५ वर्षीय दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तीका थापा, २९ वर्षीया कमला थापा र १७ वर्षीया निरमाया थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
राति उक्त घटना भएको हो । जानकारी पाउनासाथ प्रहरी चौकी पैंकबाट गएको प्रहरीले घाइतेहरूको उद्धार गरेको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??