बुटवल ।
अनेरास्ववियु देवदह नगर कमिटीले बुधबार देवदह नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु देवदह नगर कमिटीले कक्षा ११ र १२ को कक्षा दिवासत्रबाट विहानीसत्रमा संचालन गर्न माग गर्दै देवदह नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो। अनेरास्ववियु देवदह नगर कमिटीको अध्यक्ष अश्विन न्यौपानेको संयोजकत्वमा गएको टोलीले देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले कानुन विपरित जान कोहिलाई पनि छुट नरहेको र बिहान कक्षा संचालन गरिएको भए त्यस विद्यालयको अनुमती खारेज गरिने बताउनुभयो । उहाले शिक्षा क्षेत्रमा बढेको विकृति, विसंगति रोक्नको लागि नगरपालिकाले ११ र १२ दिवा कक्षा संचालन गरेको बताउनु भयो । उहाले विद्यार्थीहरुको हक हितलाई ध्यानमा राखेर दिवा कक्षा संचालन गरेको दावी गर्नु भयो। नगर प्रमुख खरेलले शिक्षाको नाममा शोषण भईरहेको बताउदै देवदह क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा दरवन्दी मिलाउने काम गरेको बताउनुभयो ।