काठमाडौँ ।
सौरमासअनुसार श्रावण महिनाको पहिलो सोमबारको व्रत आजदेखि शुुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार गुरु पूर्णिमादेखि जनै पूर्णिमा सम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
श्रावण महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिन्छ । श्रावण महिनाको सोमबार हिन्दू महिलाले व्रत बस्ने परम्परा रहेको छ ।
पशुपतिनाथको मन्दिरमा चान्द्रमास र सौरमास दुवै अनुसारका श्रावणको सोमबारका दिनमा दर्शनार्थीको भीड लाग्दछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??