काठमाण्डौ ।
पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमाले–नेपाली काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताउनुभएको छ ।
आज सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री महतले मुख्य दुई राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको उल्लेख गर्नुभएको हो ।
पूर्वअर्थमन्त्री महतले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताउनुभयो । उहाँले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??