काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ । आज सोमबार मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको हो ।
मन्त्री भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने र विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो।
यस्तै उहाँले सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी रहेको बताउदै यो क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्नेम जोड दिनुभएको छ ।