spot_img
spot_img
spot_img

आफ्नै फ्यानको हत्या आरोपमा जेलमा परेका यी नायक !

spot_img

काठमाण्डौ ।

कन्नड फिल्म स्टार दर्शन थुगुदीपाले जेलमा घरको खाना नपाउने भएका छन् । बैंगलुरुको अदालतले कन्नड फिल्म स्टारले जेलमा घरमा पकाएको खाना माग गरेको निवेदन खारेज गरेको हो । अदालतमा सुनुवाइका क्रममा दर्शनका वकिलले अभिनेता भएकाले आफ्नो शरीर र मांशपेशीलाई सन्तुलित राख्नका लागि स्वस्थ आहार पालना गर्नु आवश्यक रहेको तर्क गरेका थिए । अहिले कारागारमा दिइने खानेकुराबाट उचित पोषण नपाउँदा उनीहरुलाई झाडापखाला र पेटसम्बन्धी अन्य रोग लाग्ने गरेको उनको तर्क थियो ।

दर्शनले दिएको यो तर्कमा विशेष सरकारी वकिल पी प्रसन्नकुमारले आफ्नो पक्ष प्रस्तुत गर्दै दर्शनलाई कारागारमा विशेष व्यवहार गर्न नहुने बताए ।

यसपछि दर्शनका सबै तर्कहरू खारेज गर्दै बैंगलुरुको अदालतले उनलाई घरमा बनाएको खाना खानेलगायत अन्य सुविधा दिन अस्वीकार गर्दै अभिनेतालाई परपन्न अग्रहार जेलमा कुनै विशेष सुविधा नपाउने स्पष्ट पार्‍यो। उनलाई पनि जेलमा रहेका अन्य कैदीबन्दी जस्तै खाना खुवाइने छ ।

दर्शन जुन ११ तेदेखि जेलमा छन्

हाल ३३ वर्षीय फ्यान रेणुकास्वामीको हत्याको आरोपमा दर्शन जेलमा छन् । हालसम्म प्रहरी अनुसन्धानमा यस हत्याकाण्डमा मृतक ३३ वर्षीय रेणुकास्वामी अभिनेता दर्शनका फ्यान रहेको जानकारी आएको छ ।

जनवरी २०२४ मा, कन्नड अभिनेत्री पवित्रा गौडाले दर्शनको साथ आफ्नो १० औं वार्षिकोत्सव मनाइन्। दर्शनको विवाह भइसकेको हुनाले उनीहरुको सम्बन्ध विवादमा परेको थियो ।

यो खबरले रेणुकास्वामी निकै क्रोधित भए । उनले पवित्रालाई दर्शनबाट टाढा रहन आग्रह गर्दै लगातार म्यासेज गरिरहेका थिए । सुरुमा पवित्राले उनको सन्देशलाई बेवास्ता गरिन्, तर पछि रेणुकास्वामीले आपत्तिजनक सन्देश पठाउन र धम्की दिन थाले।

यसपछि पवित्राले दर्शनलाई रेणुकास्वामीको हत्या गर्न उक्साए। आफ्ना सहयोगीहरूको सहयोगमा दर्शनले रेणुकास्वामीलाई अपहरण गराए। सबैले उनलाई गोदाममा लगे । जहाँ हत्या गर्नुअघि उनलाई यातना दिइएको थियो।

प्रहरीले रेणुकास्वामीको शव जुन ९ मा फेला पारेको थियो । शव बैंगलुरुको कामाक्षीपल्या क्षेत्रको अपार्टमेन्ट नजिकै भेटिएको थियो। प्रहरीले घटनास्थल वरपरको इलाकामा छानबिन गर्दा सीसीटीभी फुटेजमा दर्शन र पवित्रालाई घटनास्थल छोडेको देखे । राति ११ बजेदेखि बिहान ३ बजेसम्म दुवैका मोबाइल नम्बर एउटै क्षेत्रमा सक्रिय थिए ।

त्यसपछि जुन ११ मा दर्शन र पवित्रा पक्राउ परेका थिए । यस मुद्दामा दर्शन र पवित्रासहित १९ जना जेलमा छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img