spot_img
spot_img
spot_img

कोलिय ईङ्गलिस बोर्डिङ्गमा जुनियर रेडक्रस सर्कल र बाल क्लब मतदान प्रक्रियाद्धार गठन

spot_img

केशव पराजुली, देवदह । विद्यार्थीलाई मतदान शिक्षाको बारेमा जनचेतना जगाउने उद्धेश्यले रुपन्देहीको देवदह स्थित कोलिय ईङ्गलिस बोर्डिङ्ग स्कुलले जुनियर रेडक्रस सर्कल र बाल क्लब गठन गर्ने कार्य मतदान प्रक्रियाद्धार गराएको छ । शुक्रबार देवदह १० चरङ्गेमा रहेको उक्त स्कुलले कक्षा ६ देखि १० सम्मका १५९ जना विद्यार्थीलाई मतदान गराएरको हो । १४४ जना विद्यार्थीले दुई प्यानल बनाई गरिएको मतदानमा बाल क्लबमा आयुषा राना तथा जुनियर रेडक्रस सर्कलमा सौरभ पौडेल विजयी भएको निर्वाचन मण्डलले जनाएको छ ।

उक्त मतदानमा बाल क्लबको अध्यक्षमा आयूषा रानाले ८३ मत प्राप्त गरी विजेता तथा दिनेश बयम्बुले ६० मत प्राप्त गरी उपविजेता, उपाध्यक्षमा एलेक्स सुनार ८७ मत प्राप्त गरी विजेता तथा सिर्जना गाहाले ५३ मत प्राप्त गरी उपविजेता त्यस्त गरी सचिवमा लोजिना ज्ञवाली ८७ मत प्राप्त गरी विजेता तथा अप्सन थापा ५७ मत प्राप्त गरी उपविजेता, कोषाध्यक्ष पदमा दिप्सन कुँवर ९४ प्राप्त गरी विजेता तथा सोनिया दिशा ४७ मत प्राप्त गरी उपविजेता भएको निर्वाचन मण्डलका संयोजक चित्र बहादुर आलेले जानकारी दिनु भयो ।

संयोजक आलेका अनुसार जुनियर रेडक्रस सर्कलको अध्यक्षमा सौरभ पौडेलले ७६ मत प्राप्त गरी विजेता र रोशन कार्कीले ६४ मत प्राप्त गरी उपविजेता, उपाध्यक्षमा विस्मा गाहा ७६ मत प्राप्त गरी विजेता तथा रिदम विकले ६४ मत प्राप्त गरी उपविजेता, सचिवमा एन्जल विकले ७४ मत प्राप्त गरी विजेता तथा सिल्पा न्यौपानेले ६७ मत प्राप्त गरी उपविजेता त्यस्तै गरी कोषाध्यक्ष पदमा मेनुका सुनारीले ८४ मत प्राप्त गरी विजेता तथा निश्चल लम्तरीले ५७ मत प्राप्त गरी उपविजेता भएको जानकारी दिनु भयो । मत परिणाम घोषणा कार्यक्रमलाई सम्बोधन गदै आलेले निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका निति नियममा रहेर कुशल कार्य सम्पादन गर्न सुझाव सहित शुभकामना तथा बधाई ब्यक्त गर्नु भयो ।

तारामति दर्लामीको संचालनमा भएको मतपरिणाम घोषणा कार्यक्रममा स्कुलका प्राचार्य राजेन्द्र पराजुली, सहायक प्राचार्य पौखा कुमारी थापा, पत्रकार केशव पराजुली, लगायतले मतदान प्रक्रियाले मतदाता शिक्षालाई असल अभ्यासका रुपमा लिईएको बताएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img