सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सुचना तथा सन्चार मन्त्री देव गुरूङले जानकारी दिएका छन् ।
त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।
गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??