spot_img
spot_img
spot_img

रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको बाह्रौँ  पद हस्तान्तरण कार्यक्रम सम्पन्न

spot_img

देवदह // रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको बाह्रौँ  स्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष बिक्रम भुसालले बर्ष २०२४/२५ का अध्यक्ष सन्दिप पौडेलको टिमलाई पद हस्तान्तरण गर्नु भएको हो। कार्यक्रम दुई चरणमा भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रोट्रयाक डिस्ट्रीक ३२९२ नेपाल भुटानका डिस्ट्रीक डि आर आर बिक्रम क्षेत्रीले क्लबले गरेको सामाजिक कार्यहरुको प्रशंसा गर्दै सामाजिक तथा सेवामूलक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। युवाहरुलाई व्यक्तिगत र सामाजिक रुपमा समाजसेवामा लाग्न क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो।

कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको अध्यक्ष देवी राम पाण्डे, रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको संस्थापक अध्यक्ष गोपी कृष्ण तिवारी, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको संस्थापक अध्यक्ष डोलराज गैरे, लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ वर्ष २०२३/२४ का अध्यक्ष कमल पौडेल, रोट्रयाक क्लब अफ देवदह मेडिकल कलेजका संस्थापक अध्यक्ष डा. आविष्कार पराजुली, रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष मोहन खत्री, रोट्रयाक क्लब अफ पाल्पा तान्सेनका वर्ष २४/२५ का अध्यक्ष बालकृष्ण बस्याल, रोट्रयाक क्लब अफ कावासदी वर्ष २४/२५ का अध्यक्ष गोबिन्द सिक्देल, जोनल रोट्रयाक रिप्रिजेन्टिभ दिवश खनाल लगाएतले बोल्दै  सबै सामाजिक संघ संस्थाकाको उदेश्य समाजसेवा रहेको हुदा सबैले सामाज रुपान्तरणका लागि काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष भुसालले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन भिडियो मार्फत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष भुसालले निस्वार्थ रुपले सामाजिक कार्य गर्दै क्लवलाई अग्रसर गराउने बताउनु भयो । कार्यक्रममा बर्ष २०२३/२४ मा  उत्कृष्ट कार्य गरेका रोट्रयाक सदस्यहरु विभिन्न विधामा सम्मानित भएका थिए।

क्लबको वर्ष २४/२५ काे प्रथम उपाध्यक्षमा विजय अंगाई, उपाध्यक्षहरू प्रविन गौडेल, ललिता घिमिरे, आशिष न्यौपाने र कमल थापा, सचिवमा प्रीति यादव, सह-सचिवमा पार्वती अर्याल, काेषाध्यक्षमा गिता ढकाल, सह-काेषाध्क्षमा सुशील अर्याल रहनु भएकाे छ।

कार्यक्रम प्रथम उपाध्यक्ष डा. विजय अमगाईको स्वागत, कार्यक्रम संयोजक पार्वती अर्यालको धन्यवाद ज्ञापन र पहिलो सेसन वर्ष २०२३/२४ का उपाध्यक्ष प्रविन गौडेल र दोस्रो सेसन वर्ष २४/२५ का सचिब प्रीति यादवको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
1
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img