spot_img
spot_img
spot_img

कपिलवस्तुमा खोलामा डुबेर दुई जना किशोरको मृत्यु

spot_img

बुटवल । कपिलवस्तुमा फुटबल खेलेर खोलामा नुहाउन गएका दुई जना किशोरको डुबेर मृत्यु भएको छ ।

कपिलवस्तुकाे बाणगंगा नगरपालिका वार्ड नं. – ८ ढोडेकोलका दुई युवकको डुबेर शनिबार मृत्यु भएको हो ।

मोर्मी स्थित कोइलीखोलामा नुहाउन गएका ढोडेकोलका ठाकुर भण्डारीका १५ वर्षका छोरा प्रतीक र सोही ठाउँ बस्ने कृष्ण सापकोटाका १६ वर्षीया सरोज सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए ।

साथीहरुसँग नजिकै फुटबल खेलेर गर्मी भएपछि नुहाउन खोलामा गएको स्थानीयले बताएका छन् ।

शनिबार दिउँसो साढे ३ बजेतिर नुहाउने क्रममा हराएका दुइजना पछि स्थानीय र प्रहरी मिलेर  एक घण्टापछि दुवै जनालाई फेला पारेर पिपरा अस्पताल पुर्‍याइएपछि उनीहरुलाई मृत घोषणा गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img