spot_img
spot_img
spot_img

लायन्स क्लबको बृहत रक्तदान कार्यक्रम सम्पन्न ; १३५ युनिट रगत संकलन

spot_img

देवदह । रुपन्देहीको देवदहमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब देवदहको नवौं स्थापना दिवसको अवसरमा लायन्स क्लब अफ देवदह, देवदह युनाइटेड र देवदह प्रोफेशनल युथको संयुक्त आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा नयाँ ८८ सहित १३५ जना रक्तदाताले रक्तदान गरेको क्लबका सचिव पवन पौडेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले रक्तदान मानवीय सेवा भएकोले रक्तदान गर्नका लागि सबैलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । देवदहवासीलाई निशुल्क रगत उपलब्ध गराउन नगरपालिकाले आवश्यक सम्झौता गरेको र त्यसको लाभ स्थानीयले लिइरहेको उल्लेख गर्दै उहाले स्वास्थ्य र शिक्षा लगायतको क्षेत्रमा नगरपालिकाले उल्लेखनिय कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपालका प्रथम डिस्ट्रीक गभर्नर पी एम जे एफ बलराम भट्टराईले मानवीय र सामाजिक कार्यमा देवदहका लायन्सको भुमिकाका प्रशंसनिय रहेको बताउनुभयो ।

कार्यक्रम जीजीएसटी कोर्डिनेटर आशिष कुमार श्रेष्ठ, एरिया चिफ कोर्डिनेटर शान्ति पाठक, लायन्स देवदहका पुर्व अध्यक्षहरू राम बहादुर गुरुङ, विनोद थापा मगर, मनबहादुर क्षेत्री, लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका संस्थापक अध्यक्ष दिपेश मल्ल, जोन चियरपर्शन बिमल पौडेल, देवदह आदर्श बहुमुखी क्यामपस स्ववियु सभापति अर्जुन गैरे, सामाजसेवी गोपाल ढकाल र अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम लायन्स क्लब अफ देवदहका अध्यक्ष कृष्ण राज पौडेलको अध्यक्षता, लायन्स क्लब अफ देवदह युनाईटेडका अध्यक्ष लायन माधब आचार्यको स्वागत, देवदह प्रोफेसनल युथका अध्यक्ष विजय अमगाईको धन्यवाद ज्ञापन र लायन्स क्लब अफ देवदहका सचिव पवन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र देवदह आदर्श बहुमुखी क्याम्पस स्ववियु सहयोगी संस्था रहेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img