बुटवल । बुटवल बाल मन्दिरमा बाल अधिकार, कर्तव्य सम्बन्धि आधारभूत तालिम तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । बुटवल बाल मन्दिर स्काउट ट्रुपको आयोजना र नेपाल बाल संगठन, रुपन्देही को सहकार्यमा ट्रुपका भाइ बहिनिहरुको क्षमता विकास गर्ने उद्धेश्यले उक्त तालिम गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल बाल संगठन रुपन्देही जिल्ला सभापति साजन भण्डारीले यस किसिमको तालिमबाट बालबालिकाहरुले किताबी ज्ञान भन्दा बाहिरका कुरा जान्ने, बुझ्ने तथा सिक्ने र बाल अधिकार संरक्षणका लागी आवाज उठाउन बालबालिकाहरु स्वयम जागरुक हुन प्रेरित गर्ने बताउनु भयो । उहाले बालबालिका भविष्यको कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गर्ने गरी नेपाल बाल संगठन लागि परेको बताउनुभयो ।
तालिममा बाल अधिकारको पृष्टभूमी र बाल अधिकार, नेपालमाा बालबालिका सम्वन्धि विद्यमान कानून र संस्थागत संरचना, बाल संरक्षणमा सरोकारवालाहरु र उनीहरुको भूमिका र बाल संरक्षण र कर्तव्य सम्बन्धि महत्वपूर्ण विषयहरुमा छलफल तथा प्रशिक्षण भएको थियो। उक्त तालिमको सहजीकरण कानुन संकायका विद्यार्थी अमृता खत्री, नवीन खनाल र सन्दिप कुमार चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, लेखा सहायक विशाल थापा, लुम्बिनी प्रदेश MOP संयोजक सरस्वती शर्मा, बुटव बाल मन्दिर स्काउट ट्रुपका स्काउटर, सैनामैना र बुटवल ओपन स्काउट क्रिउका रोभर रेन्जर स्काउटरहरुको सहभागीता रहेको थियो ।