spot_img
spot_img
spot_img

अनेमसंघ देवदहको सम्मेलनबाट पुन गिता भण्डारी निर्वाचित

spot_img

देवदह । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको अध्यक्षमा गिता भण्डारी सर्वसम्मत चयन भएकी छन् । आईतवार भएको १५ औं सम्मेलनबाट भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी चयन भएको हो । उनी दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी हुन् ।

सम्मेलनबाट अखिल नेपाल महिला संघको नगर कमिटी उपाध्यक्षमा फुलमाया श्रीस, सचिवमा अनिशा पौडेल, सह-सचिव गिता पाण्डे र कोषाध्यक्षमा राधा चापागाईं चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकि न्यैपानेले महिलाहरू आफै सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाले हरेक महिला आफ्नो हक, अधिकारकाे ओकालत गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकापा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेल, प्रदेश कमिटी सदस्य तथा नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, अनेमसंघ केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज ज्ञानु केसी, सह इन्चार्ज कल्पना थापा, पार्टी जिल्ला कमिटि सचिवालय सदस्य प्रकाश अर्याल, अनेमसंघ जिल्ला सदस्य तथा देवदह नगर ईन्चार्ज अञ्जु श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पार्टीका विभिन्न कमिटीमा रहेर जिम्मेवारी लिएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम कमिटीको अध्यक्ष गिता भण्डारीको अध्यक्षता, उपाध्यक्षमा फुलमाया श्रीसको स्वागत र सचिव अनिशा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img