spot_img
spot_img
spot_img

अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा नवीन भट्टराई

spot_img

देवदह । अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा नवीन भट्टराई सर्वसम्मत चयन भएका छन् । सोमबार भएको ५ औं सम्मेलनबाट भट्टराईको अध्यक्षतामा ३७ सदस्यीय क्याम्पस कमिटी चयन भएको हो ।

सम्मेलनबाट उपाध्यक्षमा कमला न्यौपाने, मनिष पुन मगर, सुदिप न्यौपाने, सचिवमा सन्दीप बस्याल, सह-सचिव उमेश गैरे, किशोर कुमार केवट, रहिमुन निशा र कोषाध्यक्ष भुवन थापा मगर चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले नव निर्वाचित कमिटीले समग्र विद्यार्थीका मागलाई सम्बोधन गर्दै विद्यार्थीले पाउनु पर्ने अधिकार तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा यस कमिटीले विशेष जोड दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेकापा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी ईन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य लेखनाथ खनाल, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज साजन भण्डारी, अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्याल, अनेरास्ववियु जिल्ला उपाध्यक्ष अर्जुन गैरे लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्र क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपानेको अध्यक्षता र सन्दिप बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img