spot_img
spot_img
spot_img

वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता ; सेमीफाइनलमा वडा नं २ र ८ र वडा नं ६ र १० भिड्ने

spot_img

देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय लिग क्रिकेट प्रतियोगितामा आज तिन खेल सम्पन्न भएका छन् । मंगलबार सम्पन्न खेलमा वडा नं २, वडा नं १२ र वडा नं ८ विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वडा नं ५ लाई ७ विकेटले पराजित गर्दै वडा नं २ विजयी भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नं ५ ले ४५ रन बनाउदा आफ्नो सबै विकेट गुमाउन पुग्यो । टिमका लागि गोपाल भण्डारीले १३ रन बनाउदा अन्य कुनै खेलाडीले राम्रो प्रदशन गर्न सकेनन्। बलिङ तर्फ वडा नं २ का सागर पोख्रेलले ४, जितेन्द्र बानियाले ३ र रमेश राकस्कोटीले १ विकेट लिए।

४६ रनको लक्ष्य पाएको वडा नं २ ले ३ विकेट गुमाउदै उक्त लक्षय पूरा गर्‍यो । टिमका लागि रमेश राकस्कोटीले २८ रन, नारायण शर्माले १२ बनाए। बलिङतर्फ सुमन गुरुङले ३  विकेट लिए । उक्त खेलमा सागर पोख्रेल म्यान अफ दि म्याच घोषित भएका थिए ।

त्यस्तै आज सम्पन्न दोश्रो खेलमा  वडा नं ७(बि) लाई ७२ रनले हराउदै वडा नं १२ विजयी भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नं १२ ले १६ ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनाए । टिमका लागि सोनु सहानीले २९ रन, प्रविन सहानीले १७ रन बनाए । बलिङतर्फ वडा नं ७(बि) का  मनिष क्षेत्रीले ३ विकेट लिए ।

१३२ रनको लक्ष्य पाएको वडा नं ७(बि) ४९ रनमा अल आउट हुन पुग्यो । टिमका लागि राजन पराजुलीले ११ र बिनए कार्कीले १० रन बनाउदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंक ल्याउन सकेनन् । बलिङतर्फ वडा नं १२ का प्रविन सहानीले ४ विकेट, सोनु सहानीले ३ विकेट लिए । उक्त खेलमा प्रविन सहानी म्यान अफ दि म्याच घोषित भएका थिए।

यस्तै आज सम्पन्न तेश्रो खेलमा वडा नं ४ लाई २८ रनले पराजित गर्दै वडा नं ८ विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वडा नं ८ ले ९० रन बनाउदै अल आउट हुन पुग्यो । टिमका लागि संकेत भट्टराईले १४ रन, सन्देश गैरेले १४ रन, दिपक भण्डारीले १४ रन र प्रकाश भण्डारीले १३ रन बनाए । बलिङतर्फ वडा नं ४ का राजन तिवारी, नवीन पाण्डे, सन्दिप अर्याल र नवीन पंगेनीले २-२ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको वडा नं ४ ले ६२ बनाउदा आफ्नो सबै विकेट गुमाएको थियो ।  टिमका लागि राजन तिवारीले २८ रन बनाउदा अन्य कुनै खेलाडीले राम्रो प्रदशन गर्न सकेनन्। बलिङतर्फ संकेत भट्टराई, आशिष पाण्डेले ३-३ विकेट, दिपक भण्डारीले २ विकेट र सुवास भण्डारी र प्रकाश भण्डारीले १-१ विकेट लिए । उक्त खेलमा संकेत भट्टराई म्यान अफ दि म्याच घोषित भएका थिए।

भोली अर्थात प्रतियोगिताको पहिलो सेमीफाईनल खेल वडा नं ८ र वडा नं २ विच डिसियु खेल मैदानमा बिहान १० बजे र दोश्रो सेमीफाईनल खेल वडा नं ६ र वडा नं १० विच दिउसो २ बजे हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img