spot_img
spot_img
spot_img

वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता ; सोमबारको खेलमा वडा नं ८ र १० विजयी

spot_img

देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । सोमबार सम्पन्न खेलमा वडा नं ८ र वडा नं १० विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वडा नं ७ (बि) लाई ८ विकेटले पराजित गर्दै वडा नं १० विजयी भएको हो । टस हारेर पहिले ब्याटिङको नम्तो पाएको वडा नं ७(बि) ले ५७ रन बनाउदा आफ्नो सबै विकेट गुमाउन पुग्यो । टिमका लागि बिनय कार्कीले १८ रन बनाउदा अन्य कुनै खेलाडीले राम्रो प्रदशन गर्न सकेनन् । बलिङ तर्फ वडा नं १० का रमेश राईले ५, विवश खातिले २, प्रदिप वाग्ले र अनुप राईले १-१ विकेट लिए।

५८ रनको लक्ष्य पाएको वडा नं १० ले २ विकेट गुमाउदै उक्त लक्षय पूरा गर्‍यो । टिमका लागि बिबश खातिले ४४ रन बनाए। बलिङतर्फ विशाल ज्ञवाली र राजन पराजुलीले १-१  विकेट लिए। उक्त खेलमा बिबश खाति म्यान अफ दि म्याच घोषित भएका थिए ।

यसैगरी आज सम्पन्न दोश्रो खेलमा  वडा नं १ लाई ७१ रनले हराउदै वडा नं ८ विजयी भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नं ८ ले १६ ओभरमा ४ विकेट गुमाउँदै १०० रन बनाए । टिमका लागि आशिष पाण्डेले ३३ रन, संकेत भट्टराईले २८ रन र प्रकाश भण्डारीले १८ बनाए । बलिङतर्फ वडा नं १ ईन्ताज अलिले ४ विकेट लिए ।

१०१ रनको लक्ष्य पाएको वडा नं १ का कुनै पनि खेलाडीले दोहोरो अंक ल्याउन सकेनन् । वडा नं १ ले २९ रन बनाएर अल आउट हुन पुग्यो । बलिङतर्फ वडा नं ८ का सुबास भण्डारीले ५ विकेट, संकेत भट्टराईले ४ विकेट र आशिष पाण्डेले १ विकेट लिए । उक्त खेलमा वडा नं ८ का संकेत भट्टराई म्यान अफ दि म्याच घोषित भएका थिए । उनले आफ्नो ब्यक्तिगत २८ रन र ३ ओभरमा १ मेडेन ओभर फाल्दै ७ रन दिएर ४ विकेट लिएका थिए ।

भोली अर्थात प्रतियोगिताको नवौं खेल वडा नं ५ र वडा नं २ विच देवदह मा.विको खेल मैदानमा बिहान १० बजे, वडा नं ७ (ए) र वडा नं ११ बिच डिसियु खेल मैदानमा दिउँसो २ बजे, वडा नं ७( बि) र वडा नं १२ बिच डिसियु खेलमैदानमा बिहान १० बजे र वडा नं ८ र वडा नं ४ बिच देवदह मा.विको खेल मैदानमा दिउँसो २ बजे प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img