काठमाडौँ– हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो ।
अस्ट्रेलियाले पूरै ६ ओभर खेल्दै सबै विकेटको क्षतिमा १०० रन बनाएको हो । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे । यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??