spot_img
spot_img
spot_img

फोनिज रुपन्देहीको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा मिन राना

spot_img

बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रूपन्देहीको सातौ जिल्ला अधिवेशन बुटवल दिपनगर स्थित बाजे बजैको थानमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा मीन राना, उपाध्यक्षमा राज चौधरी, सचिव आकृती थापा, कोषाध्यक्ष पार्वती थारू र सह सचिव मनु गुरुङ चयन गरेको छ।

त्यसैगरि सदस्यहरु जगत बहादुर थापा, बसन्त सिंजाली, नारायणी पाटा, सुमन थापा, खिम रेस्मी मगर, निलम चौधरी, एकु राना र जगीलाल थापा चयन हुनुभएको छ।
शनिबार बुटवलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रूपन्देहीको सातौ जिल्ला अधिबेशनको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले पत्रकारीताको माध्यमबाट आर्थिक, सामाजिक। सांस्कृति तथा शैक्षिक रुपमा पछाडी पारिएकाहरुको आवाज उठाएर सचेत बनाउदै सशक्तीकरण गर्न आवस्यक रहेको बताउनु भयो । विभिन्न सामाजिक सञ्जालहरुमा आउने बिचारहरुको अध्ययन र बिश्लेषण गरी सत्य र तथ्यका आधारमा चिर्न सकेमात्र सत्य कुराहरुले प्राथमिकता पाउने बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको थापा मगरले जनजाती पत्रकारहरुले जनजाती भित्र भएको गलत परमपरा र संस्कृतिहरुलाई सुधार गरेर समाज रुपान्तरणका लागि समाजको अगुवाई गर्ने उत्प्रेरणात्मक समाचारहरु प्रकाशन र प्रसारण गर्नु पर्ने सुझाव व्यक्त गर्नुभयो । आफु शिक्षण पेशाबाट जनप्रतिनीधिको रुपमा निर्वाचित भएको र आफुलाई राजनैतिक कुरा भन्दा पनि समाजलाई शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा कसरी सवल बनाउन सकिन्छ भन्नेबारेको चिन्तन हुने भएकोले समाज रुपान्तरण र बिकासका लागि सकारात्मक कार्यमा कसैले राजनैतिक दाउपेच देखाउदा आफुले असहज मान्ने उपाध्यक्ष थापा मगरले बताउनु भयो।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय उपाध्यक्ष सरू राना, प्रदेश संचार प्रतिष्ठान लुम्बिनी अध्यक्ष मिलन गाहा, नेपाल मगर संघ रूपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे, नेपाल प्रेस युनियन रूपन्देही सभापति कबिन्द्र नेपाल, प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष विष्णु पोखरेल, समाजवादी प्रेस संगठन रूपन्देही अध्यक्ष बिनोद परियार, प्रगतिशील पत्रकार संघ रूपन्देही अध्यक्ष बिरेन्द्र कुँवर, दलित पत्रकार संघ रूपन्देहीका अध्यक्ष टंक सुनार, आदिवासी जनजाति अगुवा इन्द्र राई, नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे लगायतले सूचना प्रविधिमा आएको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा बिभिन्न किसिमका भ्रम फैलाउने क्रम बढ्दै गएको भन्दै त्यसलाई संचार माध्यमहरूले चिर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा मगरले अधिबेशनको अध्यक्षता गर्दै फोनिजको वार्षिक प्रतिवेदन प्रस्ततीको क्रममा कोभिड १९ पछि नेपाली संचार माध्यम संकटमा परेको र त्यसबाट जनजाति पत्रकारहरू पनि प्रभावित भएको भन्दै उनिहरूले आदिवासी जनजाति पत्रकारहरूको क्षमता बिस्तार गर्ने कार्यमा राज्यले सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको थियो । फोनिज रुपन्देहीका कोषाध्यक्ष मीन रानाको स्वागत तथा सचिव राज चौधरीको सञ्चालनमा कार्यक्रम भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img