spot_img
spot_img
spot_img

देवदहको मंगल पुष्करिणी दहमा श्रीमद्भागवत महापुराण वाचन सुरु

spot_img

देवदह । रुपन्देहीको देवदहमा बिहिवारदेखि देवदहमा सुरु भएको मंगल पुष्करिणी दह धार्मिक महोत्सवमा शुक्रवार देखि श्रीमद्भागवत महापुराण वाचन सुरु भएको छ । देवदह–९ स्थित कोटियादेवी मन्दिरबाट दहसम्म कलशयात्रा गरी महायज्ञ सुरु गरिएको महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीले जानकारी दिनु भयो । हिन्दु धर्म गुरु चैतन्य कृष्णले महायज्ञको उद्घाटन गर्दै देवदहको महिमा बुझ्न महोत्सवले महत्वपूर्ण योगदान दिने बताउनु भयो । मंगलपुष्करिणी दहको पुरातात्विक र ऐतिहासिकताको चर्चा गर्दै वहाँले देवदह सबै क्षेत्र, समुदाय र धर्मावलम्बीको आस्थाको केन्द्र भएको बताउनु भयो । कलश यात्रामा स्थानीय संघ, संस्था र आमा समूहले व्यानरसहित संस्थागत प्रतिनिधित्व जनाउने वडा कार्यालयले जनाएको छ ।

२८ गतेसम्म संचालन हुने महायज्ञमा चन्द्रकान्त काफ्लेले कथावाचन गर्ने छन। महायज्ञमा हरेकदिन महाआरती र भजनकीर्तन हुने देवदह ९ का वडा सदस्य चमकान्त गौडेलले जानकारी दिनु भयो । वडा गौडेलका अनुसार ऐतिहासिक मंगलपुष्करिणी (देव दह) को प्रचार प्रसारसंगै देवदह –९ स्थित सन्दिप आधारभूत विद्याल र छाडा चौपाया व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको हो । प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने देव दहमा सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको बौद्ध अध्येताहरूको भनाई छ। बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको बताइन्छ। बौद्धकालिन समयमा राज्याभिषेकका क्रममा देव दहमा स्नान गर्ने परम्परा रहेको समेत जानकारहरू बताउँछन।

देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन। धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो। बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ। देवदह नगरपालिका वडा नं ९ संयोजन,देवदह नगरपालिका संरक्षक र प्रगति सामूदायिक वन उपभोक्ता समुह सह आयोजक रहेको महोत्सवको दोस्रो दिनको कार्यक्रमको स्वागत प्रगति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष दुर्गा बहादुर राना तथा संचालन कमला अर्यालले गर्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img