spot_img
spot_img
spot_img

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१ को उपाधी प्रगती मा.विलाई

spot_img

देवदह । रुपन्देहीको देवदहमा जारी अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१ को उपाधी प्रगती मा.विले हासिल गरेको छ। शनिबार भएको फाईनल खेलमा ग्रीनप्लान्ट आवासीय मा.विलाई ६ विकेटले पराजित गर्दै उपाधी हासिल गरेको हो । चैत २५ गते बाट सुरु भएको प्रतियोगितामा १२ टिमहरुको सहभागिता रहेकाे थियाे ।

देवदह ७ स्थित देवदह क्रिकेट युनिटको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ग्रीनप्लान्टले १२.२ ओभरमा आफ्नो सबै विकेट गुमाउदै ८१ रन बनायो । टिमका लागि विपिन क्षेत्रीले ३२ रन, विदुर खनालले २८ रन जोडे । प्रगती मा.विका लागि इर्साआआर पठानले ३ विकेट, रोहित मल्लाह, अमित मल्लाह र शिवले २-२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्रगती मा.विले आफ्नो ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो । टिमका लागि गौतम शहानीले ३० रन, अमित सहानीले १७ रन र अर्भिन्द मल्लाहले ११ रन जोडे । बलिङमा ग्रीनप्लान्टका अनिशले ३ विकेट र अमृत खरेलले १ विकेट लिए । उक्त खेलमा प्रगती मा.विका ईर्सार पठान प्लेयर अफ द म्याच घोषित भए ।

उपाधि बिजेता प्रगती मा.विले नगद २० हजार, शिल्ड र मेडल प्राप्त गरेको थियो भने उप विजेता बनेको ग्रीनप्लान्टले नगद १२ हजार, शिल्ड र मेडल प्राप्त गरेको छ।

विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेय, वडा सदस्य कुन्ता खाम्चा मगर, हरी पौडेल, रेशम बहादुर पुन, खेल संयोजक रबि रेग्मी लगाएतले पुरस्कार प्रदान गरेका थिए। साथै प्रतियोगिताका म्यान अफ दि सिरिज ग्रीनप्लान्टका अमृत खरेल घोषित भएका थिए। उनले सिरिजभरी ९६ रन र ८ विकेट लिएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img