spot_img
spot_img
spot_img

अनेरास्ववियु देवदह नगर कमिटीद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

spot_img

देवदह // अनेरास्ववियु देवदह नगर कमिटीले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अनेरास्ववियु देवदह नगर कमिटीका अध्यक्ष अश्विन न्यौपानेको अध्यक्षता र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले महिलाहरूको महान् पर्व तीजलाई सभ्य र शालीन तरिकाले मनाउन अनुरोध गर्नुभयो। उहाँले तीज पर्व सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको हुँदा समाजमा स्वीकार्य हुने खालका गतिविधि गर्दै पर्व मनाउन सबैलाई अपिल गर्नुभयो। उहाले अनेरास्ववियुलाई लामो इतिहास बोकेको संगठनका रूपमा स्मरण गर्दै भन्नुभयो, “यो देशलाई भोलि कस्तो अवस्थामा बनाउने भन्ने जिम्मेवारी तपाईंहरूको काँधमा छ। सही राजनीतिको बाटो अंगाल्न नसकेसम्म देश विकासको बाटोमा अघि बढ्न सक्दैन। ठूलो बलिदानबाट आएको वर्तमान व्यवस्था जोगाउन हामी सबै जुट्नुपर्छ।”

यसैगरी नगर प्रमुख खरेलले विद्यार्थीहरूमाझ अध्ययनमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “अनेरास्ववियु त्यस्तो संगठन हो, जहाँबाट प्रशिक्षित कार्यकर्ताहरू भविष्यमा जिम्मेवार पार्टी सदस्यका रूपमा अघि बढ्छन्।”

कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य श्रद्धा कुवर, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य मनिषा कार्की लगाएतले बोल्दै तिजको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य कृष्ण पौडेल, जिल्ला कमिटी सदस्य केशुमाया श्रेष्ठ, अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी संयोजक अर्जुन गैरे, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी सह संयोजक बसन्त भट्टराई, रुपन्देही जिल्ला कमिटीका पवन भुसाल, प्रचार विभाग प्रमुख सुरज भट्टराई, अनेरास्ववियु जिल्ला कमिटी सदस्य एलिना हमाल, सुचना भण्डारी लगाएतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा देवदह क्षेत्रका विभिन्न विद्यालयहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो तृत्य प्रस्तुत गरेका थिए भने सहभागीहरु सबैलाई दर खाने ब्यवस्था समेत गरिएको थियो । कार्यक्रम देवदह आदर्श बहुमुखी क्याम्पस कमिटीका सचिव सन्दिप बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img