spot_img
spot_img
spot_img

लायन्स क्लब अफ देवदहले मनायो १० औं स्थापना दिवस

spot_img

देवदह । लायन्स क्लब अफ देवदहले आफ्नो १० औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। शनिबार आयोजित कार्यक्रममा क्लबका अध्यक्ष सिर्जना ओली सापकोटाको अध्यक्षता र डिस्टृक्ट ३२५ पि का गभर्नर बालाराम भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि भट्टराईले लायन्स क्लब अफ देवदहले सेवाको क्षेत्रमा डिस्टृक्टमै उदाहरणीय काम गर्दै आएको प्रशंसा गर्दै आगामी दिनमा वातावरण संरक्षणका क्षेत्रमा पनि काम गर्न सुझाव दिनुभयो।

कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग सेवा समाजका अध्यक्षलाई व्हिल चेयर प्रदान गरिएको थियो । सोही अवसरमा बोल्दै क्लबका संस्थापक सचिव रामबहादुर गुरुङले विगत १० वर्षको अवधिमा क्लबले थुप्रै नेतृत्व विकास गरेको र सामाजिक कार्यमा उल्लेखनीय योगदान रहेको बताउनुभयो । त्यस्तै अध्यक्ष ओलीले हालसम्म क्लबले सञ्चालन गरेका सामाजिक कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।

स्थापना दिवसको अवसरमा क्लबका संस्थापक, पूर्व अध्यक्ष तथा नयाँ सदस्यहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा प्रथम उपाध्यक्ष गणेश क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने क्लबका पिआरओ राजीव सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका सचिव दिपेश अर्यालले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img