spot_img
spot_img
spot_img

देवदहमा दुर्गा मन्दिरको नवनिर्मित भवन उद्घाटन, दुर्गा पूजा तथा रुद्री पूजा सम्पन्न

spot_img

देवदह । देवदह नगरपालिका–५ र ६ को संगमस्थल मितेरी गाउँमा नवनिर्मित दुर्गा मन्दिरको भव्य उद्घाटन तथा रुद्री पूजा सम्पन्न भएको छ। शनिबार देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल र नगर उप–प्रमुख विद्या लक्ष्मी गुरुङले संयुक्त रुपमा मन्दिरको उद्घाटन गर्नुभएको हो । मन्दिरको औपचारिक उद्घाटनसंगै सामुहिक दुर्गा पूजा र रुद्री पूजापाठ सम्पन्न गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख धुर्व प्रसाद खरेलले देवदहलाइ आध्यात्मिक र धार्मिक रूपमा विकास गर्ने र आस्थाको केन्द्र मानिएका स्थलहरूको संरक्षण गर्ने दिशामा नगरपालिकाले निरन्तर पहल गर्ने बताउनुभयो। उहाँले धार्मिक स्थलहरूको संरक्षण र संवर्धनले समाजमा एकता र धार्मिक चेतना अभिवृद्धि गर्ने उल्लेख गर्दै मन्दिर स्थापनाले समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, देवदह नगरपालिका वडा नं ६ का वडा सदस्य देवी न्यौपाने, वडा नं ५ को वडा सदस्य सावित्रा पौडेल, मन्दिर व्यवस्थापन समितिका सल्लाहकार संयोजक बासुदेव रिमाल, समाजसेवी गुनाखर भुर्तेल, माधव रिमाल, मदर टङ्स एकेडेमीका प्रिन्सिपल राम बहादुर गुरुङ, विभिन्न टोल विकास संस्था, आमा समूह, धार्मिक संस्था, युवा क्लब, वन उपभोक्ता समिति लगायत स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो ।

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनलाल सुवेदीको अध्यक्षता र सचिव सोविता भट्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
5
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img