spot_img
spot_img
spot_img

भूकम्प जोखिम न्यूनीकरणलाई निरन्तर प्राथमिकतामा राखिएको छः मुख्यमन्त्री आचार्य

spot_img

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भूकम्प जस्तो प्राकृतिक विपद् कहिले, कहाँ र कसरी आउने हो भन्ने निश्चित नभएकाले यसको जोखिम सदैव रहने र त्यसका लागि तयारी चुस्त र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रहरूको पहिचान, सुरक्षित संरचना निर्माण, भवन कोडको कार्यान्वयन तथा विद्यालय र समुदायस्तरमा सञ्चालन भइरहेका सचेतना तथा तयारी सम्बन्धी कार्यक्रमहरूले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

‘नेपालले विगतमा ठूलो मानवीय र भौतिक क्षति बेहोरेका विनाशकारी भूकम्पहरूबाट धेरै कुरा सिकेको छ । ती अनुभव र कमजोरीलाई नदोहोरीने गरी सिकाइको रूपमा उपयोग गर्दै सुरक्षित संरचना, द्रुत प्रतिक्रिया क्षमता र समुदाय–व्यापी तयारीलाई मजबुत बनाउनु हाम्रो सामूहिक दायित्व हो,’सन्देशमा भनिएको छ‘नागरिक परिचालन र जनसचेतनालाई विस्तार गर्दै प्रत्येक घर, विद्यालय, कार्यालय र समुदायलाई भूकम्पपूर्व तयारी, भूकम्पका बेला अपनाउने उपाय तथा भूकम्पपछि हुने व्यवस्थापनका बारेमा सुसूचित बनाउनु आजको आवश्यकता हो ।’

विद्यालयस्तरदेखि समुदायस्तरसम्म सक्रिय सबै सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, प्राविधिक, स्वयंसेवी युवा, सञ्चारकर्मी र स्थानीय तहमा क्रियाशील समूहलाई धन्यवाद दिँदै मुख्यमन्त्री आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा वैज्ञानिक सोच, प्रभावकारी समन्वय र दिगो कार्ययोजनामार्फत अझ सबल भूमिकामा अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img