spot_img
spot_img
spot_img

देवदह माध्यमिक विद्यालयको ४२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

spot_img

देवदह । देवदह नगरपालिका–७ मा अवस्थित देवदह माध्यमिक विद्यालयले आफ्नो ४२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पाण्डेको अध्यक्षता तथा देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विद्यालयले हिजोभन्दा आज र आजभन्दा भोलि निरन्तर प्रगति गरिरहोस् भन्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो। उहाँले सबल र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने नागरिक उत्पादन गर्न विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो तर्फबाट तथा वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयले बनाएका योजनाहरू कार्यान्वयनमा आफूले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको बताउँदै उहाँले यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न उच्च स्थानमा पुग्न सफल भएको देख्दा गर्व लागेको धारणा राख्नुभयो। साथै विद्यार्थीहरूको रुचिअनुसारको शिक्षा प्रदान गर्न खेलकुद, नृत्य, संगीतजस्ता विधागत विषयका प्रशिक्षकको व्यवस्था गर्न सके शिक्षण सिकाइ अझ प्रभावकारी हुने सुझाव दिनुभयो। उहाँले विद्यालयको मात्र नभई अभिभावकको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई घरमै पनि पढ्न र पढाइप्रति प्रेरित गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेल, गीता नेत्र अक्षय कोष प्रतिष्ठानका थानेश्वर भट्टराई, निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य यमकला भट्टराई तथा विद्यालयमा गठित बाल क्लबकी अध्यक्ष रमा नेपालीलगायतले विद्यालयको प्रगतिको कामना गर्दै शैक्षिक विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा गत शैक्षिक सत्रमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै कक्षा ८ को वार्षिक परीक्षामा ४ जीपीए प्राप्त गर्ने विद्यार्थी निश्मा सुनारलाई सम्मान गरिएको थियो भने विभिन्न अक्षय कोषमार्फत छात्रवृत्ति पनि वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

हाल विद्यालयमा ५ सय ६१ जना विद्यार्थी अध्ययनरत रहेका छन्। कार्यक्रम विद्यालयको शिक्षक इन्दिरा अर्यालको स्वागत मन्तव्य तथा शिक्षकहरू रिता पाण्डे र लक्ष्मी पौडेलको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img