देवदह । नेकपा एमालेको सरकारले मात्र अव्यवस्थित तथा सुकुम्वासी समस्या समाधान गर्ने पार्टीका केन्द्रिय सदस्य दधिराम न्यौपानेले दावी गर्नु भएको छ । नेकपा एमाले क्षेत्र नम्वर १, रुपन्देहीको उम्मेदवार समेत रहनु भएका न्यौपानेले एमालेको सरकारले नागरिकलाई लालपुर्जा वितरण गर्ने काम शुरुवात गरेको अवस्थामा जेनजी आन्दोलन मार्फत सरकार गिराउने काम भएको बताउनु भयो ।
नेकपा एमाले देवदह–१०, चरेङ्गेमा निर्वाचन परिचालन तथा प्रचार प्रसाद कार्यालयको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उम्मेदवार न्यौपानेले राष्ट्रियताको पक्षमा एमालेको नीति स्पष्ट रहेकोले निर्वाचनमा सूर्यध्वजा वाहकलाई जिताउन सवै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले रुपन्देहीको क्षेत्र नम्वर १, को अधुरा विकास निर्माणको कामलाई पूर्णता प्रदान गर्नपनि एमालेले जिताउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले क्षेत्र नम्वर १, मा एमालेको नेतृत्वमा विकास निर्माणका धेरै काम भएको बताउदै अधुरा रहेका कामलाई पुरा गर्ने गरी आफु लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले आफु निर्वाचित भएपछि नागरिकको शिर झुकाउने गरी कुनैपनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेकपा एमाले देवदह–१०, का निर्वाचन परिचालन कमिटीका संयोजक ओमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन क्षेत्रीय रसंयोजक प्रकाश अर्याल लगायतले आ–आफना राखेका थिए । निर्वाचन परिचालन कमिटीका सहसंयोजक उमेश पुनको स्वागत र कुमार परियारको संचालनमा भएको कार्यक्रममा पार्टीका नेता तथा युवा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।




