spot_img
spot_img
spot_img

रुपन्देही–१ मा एमालेको वृहत्त महिला भेला, पालिकास्तरीय कमिटी गठन

spot_img

रुपन्देही। नेकपा एमालेको नेतृत्वमा रुपन्देहीको क्षेत्र नम्वर १, को विकासले फड्को मारेको केन्द्रिय सचिव छविलाल विश्वकर्माले दावी गर्नु भएको छ । उहाले आफु दुई कार्यकाल प्रतिनिधि सभा सदस्य भएको अवस्थामा पुर्वपश्चिम राजमार्ग देखि दशगंजा जोड्ने गरी योजना कार्यान्वय भईरहेको बताउनु भयो ।

प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेकपा एमाले निर्वाचन क्षेत्र नम्वर १, को वृहत्त क्षेत्रीय महिला भेलालाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता विश्कर्माले राष्ट्र निर्माणमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै नेकपा एमालेको उम्ेमेदवारलाई जिताउने गरी लाग्न आग्रह गर्नु भयो ।

सोही अवसरमा बोल्दै नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले राष्ट्र र राष्ट्रिताको पक्षमा अडिग भएका कारण एमाले माथि प्रहार भएको बताउनु भयो । उहाले सुकुम्वासी तथा अव्यवस्थित बसोवास समस्या समाधान गर्न नेकपा एमालेको जित आवश्यक रहेको बताउनु भयो । उहाले विगतका निर्वाचन र अहिलेको निर्वाचन फरक रहेको बताउनु भयो । उहाले मुलुकलाई सही दिशा तर्फ लैजाने पार्टी भनेको एमाले मात्र भएकोले सूर्यध्वजा वाहक उम्मेदवारलाई जिताउने गरी लाग्न आग्रह गर्नु भयो ।

हिला परिचालन कमिटीका संयोजक जानकी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, जिल्ला अध्यक्ष यज्ञप्रसाद गैरे लगायतले आ–आफना भनाई राखेका थिए । क्षेत्रीय भेलाले एक हजार ५१ सदस्यीय निर्वाचिन परिचालन कमिटी गठन गरेको छ । यसैगरी भेलाले पालिका स्तरीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ ।

देवदहमा गीता भण्डारीको संयोजकत्वमा ५५१ सदस्यीय, तिलोत्तमामा दुर्गा आर्चायको संयोजकत्वमा ३५१ सदस्यीय, ओमसतियामा चुमकला वस्यालको संयोजकत्वमा १०१ सदस्यीय र रोहिणीमा अनिता हरिजनको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । महिला परिचालन कमिटीका सहसंयोजक जागेश्वरदेवी चौधरीको स्वागत र विद्यालक्ष्मी गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img