देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०८२ पुस मसान्त सम्मको वित्तिय लक्ष्य तथा प्रगती वारेमा समिक्षा गरेको हो ।
समिक्षा कार्यक्रममा सहकारीको पुस मसान्तसम्मको समग्र अवस्थाको बारेमा जानकारी संस्थाका व्यवस्थापक बिनोद पराजुली गर्नु भएको थियो। संस्थाको बित्तिय अवस्था (२०८२ पुस मसान्त सम्म) कुल सम्पत्ति करिब २ अर्ब रहेको छ भने ऋण लगानी १ अर्ब ४० करोड ८५ लाख ३० हजार ९ सय ५५ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक बिनोद पराजुलीले जानकारी गराउनुभयो। यस्तै शेयर सदस्य संख्या २० हजार ४३ जना र बाल बचतकर्ता ३ हजार ५२ जना रहेका छन् ।
संस्थाको गैर वित्तीय वार्षिक कार्यक्रम अन्तर्गत कार्तिक देखी पौष मसान्तसम्म सदस्य शिक्षा कार्यक्रम, दिदिबहिनी क्लब पुनर्गठन, स्थापना दिवसको अवसरमा रक्तदान, जेष्ठ सदस्य स्वास्थ्य परिक्षण एवं स्वास्थ्य शिविर, विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम व्यवसायीक कृषि प्रबर्द्धन कार्यक्रम सम्पन्न गरिएको र केही कार्यक्रमहरु सम्पन्न हुने चरणमा रहेको समिक्षामा जनाइएको थियो।
कार्यक्रम संस्थाको कार्यवहाक अध्यक्ष रमादेवी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष हरी भण्डारीको स्वागत र सचिव कृष्ण राज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।




