रोहिणी । रोहिणीको धकधईमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्यित गर्दै क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।
कार्यालय उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर -१ का उम्मेदवार घनश्याम यादवले मुलुकमा लोकतन्त्र स्थापना र संस्थागत गर्न नेकपाको ऐतिहासिक तथा अहम भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले देशलाई समृद्ध बनाउने जिम्मेवारी अहिले नेकपाको काँधमा आएको बताउँदै पार्टीले लिएको राजनीतिक दायित्व पूरा गर्न सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
पार्टीले कार्यकर्ता भेटघाट, कार्यालय स्थापना एवं जनसम्पर्क कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै चुनावी अभियानलाई तीव्र बनाइएको जनाएको छ। पार्टीको नीति, विचार र कार्यक्रम जनताको घरआँगनसम्म पुर्याउने उद्देश्यका साथ अभियान सञ्चालन भइरहेको पार्टीका प्रदेश कमिटी सदस्य मोतिलाल ढकालले जानकारी दिनुभयो।




