१ कात्तिक, काठमाण्डौ ।
देशभर १ हजार ७१४ जना डेंगुका बिरामीहरु थपिएका छन । हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ जना डेंगु बिरामीको पनि ज्यान गएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ । थप सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??