spot_img
spot_img
spot_img

नेपाली नागरिक भनेर भारतमा बसेकी चिनियाँ महिला पक्राउ

spot_img

४ कात्तिक, एजेन्सी ।
दिल्ली प्रहरीले नक्कली परिचयसहित नेपालमा बसेको र भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा एक चिनियाँ महिलालाई पक्राउ गरेको दाबी गरेको छ । समाचार एजेन्सी पीटीआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै उक्त महिलाको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी भएको जानकारी दिएको छ । प्रहरीका अनुसार भारतमा नेपाली नागरिक भनेर बस्दै आएका यी महिलालाई उत्तरी दिल्लीको मजनुका टिला क्षेत्रबाट पक्राउ गरिएको हो । परीक्षणका क्रममा महिलाको साथबाट डोल्मा लामा नाम लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ ।

तर, यसबारे विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयलाई सोध्दा ती महिला चीनकी नागरिक हुन् र सन् २०१९ मा भारत आएकी थिइन् भन्ने तथ्य फेला परेको छ । समाचार एजेन्सी एएनआईका अनुसार महिला विरुद्ध अक्टोबर १७ मा धारा १२०बी, ४१९, ४२०, ४६७ र आईपीसीको अन्य सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ । हाल यी महिलालाई १४ दिनको प्रहरी हिरासतमा पठाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img