६ कार्तिक, बुटवल ।
रुपन्देहीमा तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुमती दिईएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रातको १० बजेसम्म मात्रै देउसीभैलो खेल्न आग्रह गरिएको हो । साथै चाडपर्वको समयमा पटकाहरु खरिदबिक्री गर्ने, पड्काउने, ध्वनी र वायू प्रदुषण गर्ने लगायतका गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ। मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।