मन र मस्तिष्कको मत बाझिएको छ।
पानको पातमा मन रोकिएको छ।
फैसला के दिन्छ इजलासले तिम्रो,
कठ्घरामा भरोसा राखिएको छ।
छैन गन्तव्य केही छैन उद्देश्य,
पथ रहरको मिटरले नापिएको छ
अर्थहीन् जिन्दगी यो ऊ बिना मेरो
आउने आश राख्दै बाँचिएको छ।
निभ्छु भन्ने नहोस् भय दीप दिलभित्र,
यो हुरी चाहनाको फैलिएको छ।
दीप मिलन
कञ्चन-५, रुपन्देही
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??