तिम्रा यादले पनि मलाई याद गर्न छोडे।
बेस्वादिलो हुँदोरैछ घाउ, नुन छर्न छोडे।
तिमीलाई अर्कैको अंगालोमा देखेपछि,
मलाई मेरा आँखा मन पर्न छोडे ।
फूलले बिझाउँछन् भन्नुहुन्थ्यो हजुर,
काँडाले पनि त अचेल कोतर्न छोडे।
हरेक रहरले मान्छेलाई मुर्दा तुल्याइदिन्छ ,
जीवित बन्न सकिन्न बाँच्ने रहर नछोडे।
यहाँ घर छोडे सबथोक गुमाउनु पर्छ,
फेरि केही पनि त पाइदैन घर नछोडे।
कृष्णप्रसाद अर्याल, गुल्मी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??