spot_img
spot_img
spot_img

केबीसीमा अमिताभको खुट्टाको नसा काटिएपछि अस्पताल भर्ना

spot_img

७ कार्तिक, एजेन्सी ।
भारतीय चर्चित अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १४’ ९केबीसी० को सेटमा दुर्घटनामा परेका छन् । केहिदिन अगाडि अमिताभ केबीसी १४ को सेटमा बायाँ खुट्टाको नसा काटिए पछि तत्कालै नजिकैको अस्पतालमा भर्ना भएका थिए । अमिताभले सामाजिक सञ्जाल मार्फत खुट्टामा चोट लागेको र अस्पतालमा भर्ना पछि आफू पूर्ण रूपमा ठीक भएको जानकारी दिएका छन् । अमिताभले केबीसी १४ को सेटमा भएको दुर्घटनाको बारेमा भनेका छन्, ‘सेटमा मेरो देब्रे खुट्टाको नङमा धातुको टुक्रा पसेको कारण त्यहाँको नसा काटियो ।’

यसबारे उनले अगाडि भने, ‘नसा काट्नेबित्तिकै खुट्टाबाट रगत बग्न थाल्यो, तर, तुरुन्तै मलाई डाक्टर कहाँ लगियो, जहाँ मेरो चोटमा टाँका लगाइयो। अस्पतालका कर्मचारी र डाक्टरको सहयोगमा चोटको समयमै उपचार भयो । अब पूर्ण रूपमा ठीक भएको छु ।’ डाक्टरले उनलाई ट्रेडमिलमा कसरत नगर्न, धेरै बेर नउभिन र धेरै नहिँड्न सल्लाह दिएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img