१५ कार्तिक, कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिकामा ठूलो परिमाणमा अबैध सालको गोलिया बरामद भएको छ। रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारी तथा कर्मचारीहरुको संयुक्त गस्ती टोलीले कञ्चन गाँउपालिका वडा नं १ दानापुर स्थित स मिल लक्ष्मी फर्निचर उद्योग देखी करिब सय मिटरको दुरीमा रहेको परालको टौवामा लुकाईछिपाई राखेको अवस्थामा १ सय ५ दशमलव ०३ क्युफिट परिमाण रहेको ६ थान काँचो सालको गोलिया बरामद गरेको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नामबहादुर केसीले जानकारी दिनुभएको छ।
बेवारिसे अवस्थामा बरामद भएकोले कसले कुन समयमा अबैध रुपमा सालको काठको तस्कर गरिरहेको हो भन्ने यकिन हुन नसकेको समूहका कार्यालय सचिव तुलसी अधिकारीले बताउनुभयो । बरामद भएका ती काठहरु रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको कार्यालयमा राखिएको छ।
कञ्चनमा ठूलो परिमाणमा अवैध सालको गोलिया बरामद
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




