spot_img
spot_img
spot_img

तिलोत्तमाको बेवरामा जनमुक्तिको कार्यकर्ता भेटघाट

spot_img

राष्ट्रिय जनमुक्ती पार्टी तिलोत्तमा वडा इकाई समिति वडा नं. १० को पहलमा सोमबार तिलोत्तमाको बेवरा टोलमा पार्टीले कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले दलाल नेता तथा पार्टीको प्रलोभनमा नपरी देशमा बिद्यमान सबै विभेदको अन्त्य गरी समतामूलक भयरहित समाज निर्माणका लागि यसपटक जनमुक्तीलाई जिताउन अपिल गर्नुभयो । पुराना दल तथा नेताहरुले विकासका झुठा आश्वासन दिँदै जनतालाई बेवकुफ बनाएको आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङ्गले भ्रष्टाचारको अन्त्य नभएसम्म देश समृद्ध हुन नसक्ने दाबी गर्नुभयो।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. १(२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रेखा प्रसाद चौधरीले शासकहरुले यहाँका आदिवासी जनजाति, थारु, दलित, मधेशी, मुस्लिम लगायतका उत्पीडित समुदायका भाषा, भेषभूषा, संस्कृतिलाई विभेदकारी नजरियाले हेरेको आरोप लगाउनुभयो । उहाँले सबै खाले बिभेद र भ्रष्टाचारको अन्त्य गरी समतामूलक समाज निर्माण गरी देशमा शान्ति, सुशासन र समृद्धि ल्याउनका लागि जनमुक्ति नै अन्तिम विकल्प रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा जनमुक्ती युवा संघका केन्द्रीय सचिव एवं निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डिबी थापा, पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन क्षेत्र नं. १(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रेम बहादुर थापा, क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्ग, क्षेत्रीय सचिव यम बहादुर थापा, नगर अध्यक्ष भोम बहादुर बुढा, नगर सचिव प्रेम कनौजे, संस्थापक जिल्ला सचिव राजकुमार यादव, राष्ट्रिय महिला मोर्चा तिलोत्तमा वडा नं.१० का अध्यक्ष कमला चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा अध्यक्ष महादेव थारुको अध्यक्षता र नेपाल थारु राष्ट्रिय मञ्चका प्रेस सल्लाहकार मनजीत चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img