spot_img
spot_img
spot_img

इमान्दारका साथ काम गर्न मातहतका निकायलाई मेयर बालेनको निर्देशन

spot_img

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इमान्दारीतापुर्व काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्नेमा जोड दिदै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने बताएका थिए ।

जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु¥याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने शाहको भनाई छ । शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताएका छन ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img