रुपन्देहीको कञ्चन गाँउपालिकामा २ किशोरीमाथी जबरजस्ती करणी गर्ने ९ जना पक्राउ परेका छन । कञ्चन २ मा भएको साँस्कृतिक कार्यक्रम हेरेर राती १.३० बजेतिर आफ्ना दाजुहरुसंग घर फर्कदै गरेका १५ र १६ बर्षीय किशोरीलाई १२/१३ जनाको समुहका आएका युवाहरुले अपहरण गरी जंगल तथा खोलाको किनारमा लगी जवरजस्ती करणी गरेको रुपन्देही प्रहरीले जनाएको छ । १२/१३ जनाको समुहमा आएका ति युवाहरुले मोटरसाईकल तेर्साई बाटो छेकेर घरेलु धारिलो हतियार देखाउदै पिडित बालिकाका दाजुहरुलाई शारिरीक आक्रमण गरी १५ वर्षिया नाबालिकलाई अपहरण गरी गैडहवा गाउँपालिका वडा नं. ८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगी जवरजस्ती करणी गर्ने सैनामैना १० का बबि पाण्डे, सोही ठाँउका बर्ष २६ का रामबहादुर बि.क लगायतका थप ३ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ ।
यस्तै १६ बर्षीय किशोरीलाई गैडहवा २ को कुलिचौर स्थित कञ्चन खोलाको बगरमा लगी जवरजस्ती गर्ने सैनामैना ११ बनकट्टिका बर्ष १९ का पदम कार्की, गैडहवा ८ बस्ने बर्ष १८ को राहुल परियार लगायतका थप २ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको अर्यालले बताउनुभयो । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुद्रपुर र सुर्यपुराको संयुक्त प्रहरी टोलीद्वारा रुपन्देही जिल्लाका विभीन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पिडित बालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पिडित बालिकाका दाजुहरु समेत घाईते भएका थिए।
पक्राउ परेका सम्पूर्ण प्रतिवादीहरुलाई अपहरण र करणी सम्बन्धि कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको छ घटनामा संलग्न अन्य फरार भएकाको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुभएको छ।