spot_img
spot_img
spot_img

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथी गोली चल्यो, घटनामा १ जनाको मृत्यु

spot_img

एजेन्सी । पाकिस्तानको पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विरोध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । खुट्टामा गोली लागेका खानको उपचार भइरहेको छ । घटनामा एक जनाको ज्यान गएको छ भने अन्य आठ जना व्यक्ति घाइते भएका छन् ।
गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले एक सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री खानलाई आफूले हत्या गर्न चाहेको तर असफल भएको बताएका छन् । घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कडा शब्दमा निन्दा गर्दै छानबिनका लागि निर्देशन दिनुभएको छ । पाकिस्तानका मन्त्री, पूर्वप्रधानमन्त्रीहरू, दलका नेतालगायतले घटनाको विरोध र निन्दा गरेका छन् ।

गएको अप्रिल महिनामा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीबाट हट्नुपरेपछि पाकिस्तान तहरीक ए इंसाफका अध्यक्षसमेत रहेका इमरान खानले देशव्यापी विरोध प्रदर्शन र र्‍याली गरिरहनुभएको छ ।
पाकिस्तान तहरीक(ए(इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको बताउनुभएको खबरमा उल्लेख छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img