अर्घाखाँचीमा कुकुरको बन्ध्याकरण अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा छाडा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न को सन्धिखर्क नगरपालिकाले अभियान सुरु गरेको नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताएका छन । बाटोमा हिड्दै गरेको मानिस, पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा घटना बढ्ने जोखिम रहेकाले बन्धाकरण शिविर संचालन गरिएको जनाईएको छ ।
नगरपालिको वडा नम्बर २ मा रहेको बधशाला भवनमा संचालन गरिएको शिविर ३ दिनसम्म चल्नेछ । बन्ध्याकरण शिविरमा कुकुरको खानाको नगरपालिकाले नै व्यवस्था गरेको छ ।
यस शविरिमा नगर भित्रका १ सय २० कुकुरको बन्ध्याकरण गर्ने योजना नगरपालिकाको छ ।
सन्धिखर्क नगरपालिकाका आर्थिक सहयोगमा वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा, सिद्धार्थ नगर रुपन्देहीको आयोजनामा नयाँ गाउँका पशु चिकित्सक डाक्टर अभिनास क्षेत्री, देवदहका डाक्टर सन्दिप भट्टराईलगायतका पशु प्राविधिकको टोलीद्वारा कुकुरको स्थायी बन्ध्याकरण भइरहेको छ ।