spot_img
spot_img
spot_img

गोली लागेर घाइते इमरान खानको स्वास्थ्यमा सुधार

spot_img

एजेन्सी । गोली लागि घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको र खानको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
खानको खुट्टामा गोली लागेको छ । खान चाँडै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ । एक बन्दुकधारीले आक्रमण गर्दा खानसहित झण्डै १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको ज्यान गएको र ज्यान गुमाउने आक्रमणकारीमध्ये एक रहेका पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् ।
गोली हानेको आरोपमा एक जना पक्राउ परेका छन् ।

खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ पीटीआईले सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ । तर पाकिस्तानी सेनाले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ ।
पाकिस्तानी सेनाले विज्ञप्ति निकालेर झुटो आरोप लगाउनेमाथि कारबारी गर्न सरकारलाई अनुरोध गरेको छ । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिनुभएको छ । गएको अप्रिलमा खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानमा राजनीतिक सङ्कट बढेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img