२१ कार्तिक,काठमाण्डौ ।
गएको २४ घण्टामा १५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । एक हजार पाँच सय ४८ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ । यही अवधिमा आठ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा पाँच सय ७७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयका अनुसार थप एक लाख सात हजार पाँच सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??