साधारणतया घाँस विषालु हुँदैनन् । तर गाइवस्तुका लागि सबैभन्दा बढी यसैको प्रयोग हुन्छ । उनीहरुका लागि यसले पोषक तत्वको काम गर्छ । तर मानिसको पाचन क्रियामा घाँसको ‘न्युट्रिसनल भ्यालु’ किन कम हुन्छ रु मानिसले घाँसजस्तो हरियो बाली किन पचाउन सक्दैन रु
वास्तवमा घाँसमा थुप्रै यस्ता उच्च सान्द्रता ९हाई कन्सन्ट्रेशन० भएका पदार्थ हुन्छन् जसलाई मानिसले पचाउन सक्दैनन् । घाँसमा लिगनिन, सेलुलोज र अर्गानिक पोलिमर हुन्छन्, यसले बोटबिरुवाको कोसिकाको निर्माणमा मद्दत गर्छ । लिगनिनका कारण बिरुवाले आफ्नो बलियो स्वरुप पाउँछ । यो एक निकै कडा रसायनिक पदार्थ हो जसलाई पचाउन मुश्किल हुन्छ । घाँसमा यो सबैभन्दा धेरै पाइन्छ ।
यद्यपि, केही प्रमाण यस्ता पनि पाइएका छन्जसमार्फत् के पत्ता लाग्छ भने हाम्रो आन्द्रामा यस्ता ब्याक्टेरिया छन् जसले लिगनिनलाई तोड्न सक्छन्। तर पूर्ण रुपमा होइन । किनभने हाम्रो शरीरमा यस्ता एन्जाइम छैनन् जसले घाँसलाई पूर्ण रुपमा तोडेर त्यसलाई पचाउन लायक बनाउन सकोस् । मानिसले सेलुलोज पनि पचाउन सक्दैन । यो पदार्थ पनि आन्द्रामा राम्रोसँग टुट्दैन । यो आन्द्रा हुँदै बाहिर निस्कने गर्छ । आफ्नो वास्तविक रुपमा। हो, यसैका कारण हाम्रो दिसाले एउटा आकार पाउँछ ।
मानिसले किन पचाउन सक्दैन ?
हामी जुन फल र सागसब्जी खान्छौँ, त्यसमा पनि सेलुलोज र लिगनिन हुन्छन् । तर यसमा यसको मात्रा निकै कम हुन्छन् । मानिसलाई यसलाई पचाउन सक्छन् । वा यसो भनौँ कि आफ्नो पाचन क्रियामा सन्तुलित गर्न सक्छन् । यस्तोमा बुझ्नुहोस् कि बगैँचामा उम्रने घाँसमा धेरैजसो पानी र लिगनिन हुन्छ । तर गाजरमा यो १ देखि २ प्रतिशत मात्रै हुन्छ । अर्थात्, यो खान योग्य फाइबर हो जसलाई सेलुलोज भनिन्छ । बाँकी कार्बोहाइड्रेट हुन्छ । त्यसैले पनि गाजर पच्ने गर्छ ।
वस्तुभाउले घाँस किन चपाइरहन्छन् ?
गाई, वस्तु, भेडा, जिराफ आदिले निकै आरामसँग घाँस पचाउन सक्छन् । उनीहरुको पाचन प्रक्रियालाई रुमिनेशन भनिन्छ । यी जनावरको पेट थुप्रै हिस्सामा बाँडिएको हुन्छ । यी सबै जीवले घाँसलाई धेरैपटक चपाउँछन् र निल्छन् । जुन निल्न सक्दैनन्, त्यसपछि पुनः चपाउँछन् र निल्छन् । यस्तो गर्दा गर्दै घाँस पूर्ण रुपमा पच्ने गर्छ । यस्तो गर्दा यी जीवको पाचन सुध्रिन्छ पनि । यत्ति धेरै बेर चपाएको घाँस जब उनीहरुको थुप्रै हिस्सामा बाँडिएको पेटमा जान्छन्, त्यो पच्ने गर्छन् । यिनीहरुको पेटमा यस्ता ब्याक्टेरिया हुन्छन् जसले घाँसलाई पचाउने गर्छ ।
पेटका लागि मात्रै नभई दाँतका लागि समेत हानिकारक
मानिस र थुप्रै अन्य जीवको पेट यति धेरै जटिल हुँदैनन् जति गाई–वस्तु–भेडा–बाख्राको हुन्छन् । घाँस तपाईंको पेटमा न त पच्छ, न सही नै हुन्छन् । यहाँसम्म कि यदि तपाईंले घाँस खाने कोसिस गर्नुभयो भने यसले तपाईंको दाँतलाई पनि बिगार्न सक्छ किनभने घाँसमा सिलिकाको मात्रा धेरै हुन्छ । यसले तपाईंको दाँत झार्न सक्छ । यहाँ तपाईंले के बुझ्नुपर्छ भने तपाईंलाई घाँस असाध्यै खान मन लाग्यो।।। खानुहोस् तर तपाईंको पेट दुख्नेछ । दाँत बिग्रनेछ । तपाईं कुपोषणको शिकार हुनसक्छन् ।
घाँसका केही प्रजाति छन् जसलाई मानिसले खान सक्छन्
मानिसले घाँस खानै हुँदैन भन्ने पनि होइन । घाँसका केही प्रजाति छन् जसलाई मानिसले खान सक्छन् । पचाउन सक्छन् । त्यसबाट पोषण पनि पाउन सक्छन् । जस्तै : इन्डियन राइस ग्रास, नटग्रास, ब्रिस्तल ग्रास, टिमोथी ग्रास, व्हिट ग्रास, बार्ले ग्रास, क्यानरी ग्रास, क्रेब ग्रास, शेरगम र वाइल्ड ओट । यी घाँसलाई मानिसले निकै सजिलै पचाउन सक्छन् ।
-एजेन्सी ।