– मनजित चौधरी
राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष एवं निर्वाचन क्षेत्र नं १(१) का प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार प्रेम बहादुर थापाले देश समृद्ध बनाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउनु भयो । चुनावी घरदैलोको क्रममा उम्मेदवार थापाले उक्त कुरा बताउनु भएको छ । भ्रष्टाचारीलाई आजीवन जेल सजाय र निजको सम्पत्ति राष्ट्रियकरण गरिने व्यवस्था लागू गर्ने बताउँदै उम्मेदवार थापाले जनमुक्ति पार्टी भ्रष्टाचारीलाई तह लगाउन जन्मिएको प्रष्ट्याउँनु भयो । वहाँले कुनै पनि राजनीतिक दलले भ्रष्टाचार विरुद्ध कठोर कदम नचालेको बताउँदै जनमुक्ति सत्तामा पुग्यो भने भ्रष्टाचारीलाई आजीवन जेलमा सडाउने दाबी गर्नुभयो ।
त्यस्तै प्रदेश सभाका समानुपातिक उम्मेदवार लिलमाया रानाले देशमा जातीय एवं लैङ्गिक विभेद यथावत् रहेको बताउँदै सबै खाले बिभेदको अन्त्य गर्नका लागि चुनाव चिन्ह घरमा मतदान गर्नुपर्ने जिकीर गर्नु भयो । उम्मेदवार रानाले राज्यको हरेक निकायमा सबै जातिरसमुदायको जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउँदै बहुजातीय लोकतान्त्रिक समाजवाद स्थापना नभएसम्म सम्म जनमुक्तिले संघर्ष गरिरहने दाबी गर्नुभयो । राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं १(१) ले आइतबार तिलोत्तमाको वडा नं ११ मा चुनावी घरदैलो गरेको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए लगत्तै पार्टीले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्रता दिएको छ ।